नेपालको संविधानले परिकल्पना गरेको सङ्घीयता को मर्म अनुरूप बागमती प्रदेश स्थापना भए पश्चात् संविधानको धारा ५७ र अनुसूची ६ ले दिएको अधिकारको प्रयोग गरी विभिन्न मन्त्रालयहरू र विषयगत कार्यालयहरू स्थापना गरी कार्यसम्पादन गर्दै जाने क्रममा बागमती प्रदेश सरकारले आफ्नो प्रदेशका प्रत्येक जिल्लामा पूर्वाधार विकास कार्यालयको स्थापना गर्ने निर्णय भए बमोजिम यस पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोक स्थापना भएको हो। यस कार्यालयले मुख्य गरी प्रदेश सरकार अन्तर्गतकै सडक, सडक पुल तथा झोलुङ्गे पुल, निर्माण सम्बन्धी कार्य गर्दछ । यस कार्यालयको कार्य क्षेत्र काभ्रेपलाञ्चोक जिल्ला रहेको छ।