विभिन्न भौतिक संरचनाहरुको विकास मार्फत प्रदेशको दिगो विकास, समृद्धि, आर्थिक सामाजिक रुपान्तरण तथा स्वच्छ वातावरण कायम गर्ने।
लक्ष्य
सुरक्षित भौतिक पूर्वाधारहरुको निर्माण गरी सुविधायुक्त, व्यवस्थित तथा सहज र सर्वसुलभ यातायात सञ्जालको विस्तार, प्रवर्द्धन एवं संरक्षण गर्ने।
उद्देश्य
प्रभावकारी, दिगो, भरपर्दो, सुरक्षित, वातावरणमैत्री र कम खर्चिलो यातायात सेवा मार्फत आर्थिक क्रियाकलाप विस्तार र सेवा प्रवाहको प्रभावकारिता बढाउनुको साथै सङ्घ र प्रदेश, प्रदेश र प्रदेशबिच तथा प्रदेश र स्थानीय तहबिच सम्बन्ध विस्तार गर्ने।
उन्नत प्रविधिको प्रयोग गरी बैकल्पिक यातायात प्रणालीको विकास गर्ने।